Logo
१० मंसिर २०८१, सोमबार
(July 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाढी र डुबानको उच्च जोखिममा मोरङ र झापा, सतर्क हुन आग्रह

बर्षाका कारण पूर्वको मोरङ र झापामा बाढी र डुबानको उच्च जोखिममा परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले बक्राहा खोलाको कारण यस पटकपनि मोरङका बिभिन्न स्थान डुबानमा पर्न सक्ने भन्दै सर्तह हुन आग्रह गरेको छ ।

मोरङको मिक्लाजुङ वार्ड नम्बर ६ ,७ र ९ त्यस्तै गरी उर्लाबारी नगरपालिकाको १ नम्बर र ४ नम्बर पथरी शनीश्चरे नगरपालिकाको ५ नम्बर, सुनवर्षी नगरपालिकाको ३ नम्बर , रतुवामाई नगरपालिकाको १, ५ र ९ नम्बर उच्च जोखिममा रहेका छन् ।

जोखिममा रहेको ती स्थानहरुमा खोलाले धार परीर्वतन गरेमा दर्जनौ बस्ती डुबानमा पर्ने भएकाले सर्तकर्ता अपनाउन भनिएको छ । त्यस्तै विराटनगरका १५ , १६ , १७ नम्वर वडाहरु बाढीको जोखिममा छन । जिल्लामा करिब २ लाख घर परिवारहरु बाढी र डुबानको उच्च जोखिममा रहेको बताईएको छ ।

यता झापामा पनि वर्षायाम शुरु भएसंगै कनकाई, विरिङ् , टाङ्टिङ, रतुवा, मावा लगायतका खोलाको बहाव निकै बढ्दो छ ।

अविरल वर्षा पछि खोलामा पानीको सतह बढेर बस्ती पस्दा झापाका धेरै नागरिकले हरेक वर्ष ज्यान गुमाउँदै आएका छन् भने सयौ परिवार विस्थापित हुने र लाखौंको धनमाल नष्ट हुने गरेको छ । अहिले पनि झापाका ३८ सय घर परिवार बाढीको उच्च जोखिममा छन् ।

नेपाल रेडक्रस सोसाइटी झापाले समेत झापा भएर बग्ने साना ठूला २८ नदीनालामध्ये मुख्य ९ वटा नदी नालाले दमक नगरपालिका बाहेकका पालिकामा प्रभावित पार्ने गरेको जनाएको छ ।

प्रकाशित मिति: Jul 10, 2020

प्रतिक्रिया दिनुहोस्