Logo
२२ कार्तिक २०८१, बिहीबार
(July 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा स्थायी कमिटीको बैठक ७ दिनका लागि स्थगित

सत्तारुढ दल नेकपाको आज बस्ने भनिएको स्थायी कमिटीको बैठक ७ दिनका लागि स्थगित भएको छ ।

देशभर भैरहेको वर्षाबाट जनधनको क्षति रोक्न पार्टी पंक्तिलाई उद्धार तथा राहतमा लाग्न निर्देशन सहित ७ दिनका लागि बैठक स्थगित गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीटमार्फत जानकारी दिएका छन्

गएको असार ११ गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजीनामा माग भएपछि नेकपाभित्र विवाद बढेको छ । यही विवादको कारण स्थायी कमिटी बैठक प्रभावित हुँदै आएको छ ।

पछिल्ला केही दिनदेखि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एकल वार्ता र सहमतिको प्रयास भैरहेको छ ।

तर सहमति भने भैसकेको छैन । छलफल सकारात्मक बन्दै गएको नेताहरुले बताएका छन् ।

प्रकाशित मिति: Jul 10, 2020

प्रतिक्रिया दिनुहोस्