Logo
५ आश्विन २०८१, शनिबार
(July 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालको नयाँ नक्साप्रति भारतले औपचारिक रुपमै जनायो आपत्ति

नेपालले नयाँ नक्सा जारी गरेको प्रति असहमति जनाउँदै भारतले कूटनीतिक नोट पठाएको छ ।

नेपालले लिम्पियाधुरा–लिपुलेक–कालापानीसहितको नयाँ नक्सा सार्वजनिक गरि त्यस अनुसार निशान छाप परिमार्जन गर्नका लागि संविधान संशोधन गरेको थियो । त्यसमा असहमति जनाउँदै भारतले कूटनीतिक नोट पठाएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो ।

भारतले पठाएको कूटनीतिक नोट असार १० गते आइपुगेको परराष्ट्रले बतायो । यसअघि भारतले कालापानीसहितको क्षेत्र समेटेर नक्सा जारी गर्दा नेपालले त्यसमा असहमति जनाइ भारतलाई कूटनीतिक नोट पठाएको थियो ।

सीमा विवाद समाधानका लागि नेपालले लगातार वार्ताका लागि प्रस्ताव गरे पनि भारतले आलटाल गर्दै आएको छ।

नेपाली क्षेत्र हुँदै मानसरोबर जोड्ने बाटो भारतले उद्घाटन गरेपछि नेपालले नयाँ नक्सा जारी गरेको हो । त्यसपछि भारत र नेपालबिचको सम्बन्ध केही चिसो भएका बेला भारतबाट कूटनीतिक नोट आएको हो ।

प्रकाशित मिति: Jul 9, 2020

प्रतिक्रिया दिनुहोस्