Logo
२२ कार्तिक २०८१, बिहीबार
(July 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाढीले अरनिको राजमार्ग ब्लक : उद्धारमा समस्या, हेलिकोप्टर आकाशबाटै फर्कियो

संघीय राजधानी समेत पर्ने बागमती प्रदेश स्थित सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-५ जम्बु बजार बाढीले अरनिको राजमार्ग अवरुद्द भएपछि उद्धारमा समस्या भएको छ।

गएराति आएको बाढीले सडक सञ्जाल टुटेपछि उद्धारमा समस्या परेको हो। मौसम खराबीको कारण हेलिकोप्टर अझै पुग्न सकेको छैन्।

मौसम अनुकूल हेलिकोप्टर धुलिखेलको आकाशबाट फर्कीएको सभामुख अग्‍निप्रसाद सापकोटाको प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए।

अरनिको राजमार्गमा रहेको ड्यामसाइडस्थित जुरे पहिरोको मुखमा भोटेकोसी नदीले कटान गर्दा आवतजावत रोकिएको छ। आवतजावत रोकिँदा सदरमुकाम तथा राजधानीबाट उद्धारको टोली घटनास्थल पुग्न सकेका छैनन्।

राजमार्गको नयाँपुल भन्ने ठाउँमा सडक अवरुद्ध भएकाले सीमा प्रहरी चौकी तथा सशश्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट तातोपानीको टोलीसमेत घटनास्थल आउन नसक्दा घाइते, मृतक र बेपत्ताको उद्धारमा थप कठिन भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: Jul 9, 2020

प्रतिक्रिया दिनुहोस्