Logo
५ आश्विन २०८१, शनिबार
(July 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपामा विवाद उत्कर्षमा पुगेसँगै चिनियाँ राजदूतको सक्रियता झनै बढ्यो

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्र विवाद उत्कर्षमा पुगेसँगै उत्तरी छिमेक चीनकी नेपालस्थित राजदूतको सक्रियता झनै बढेको छ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाका नेताहरूसँगको भेटघाटलाई तीव्रता दिएकी छन्।

दुई दिनअघि बरिष्ठ नेता माधवकुमार नेपालसँग भेटेकी राजदूत यान्छीले मंगलबार अर्का बरिष्ठ नेता झलनाथ खनाललाई भेटेकी छन्।

स्रोतका अनुसार खनाललाई भेट्न राजदूत यान्छी उनको डल्लुस्थित निवासमा पुगेकी थिइन्। उनीहरूबीच बिहान ९ देखि पौने १० बजेसम्म कुराकानी भएको स्रोतले जानकारी दिएको छ।

खनालनिकट स्रोतले राजदूत यान्छीसँग दुई देशको आपसी हितका बारे कुराकानी भएको बताएको छ।

प्रकाशित मिति: Jul 7, 2020

प्रतिक्रिया दिनुहोस्