Logo
५ आश्विन २०८१, शनिबार
(July 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महन्थ ठाकूरसहित जसपाका शीर्ष नेताहरु देउवा निवासमा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग जनता समाजवादी पार्टीका नेताहरूले भेटघाट गरेका छन्।

मंगलबार जसपाका अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव, नेताहरू बाबुराम भट्टराई, राजेन्द्र महतोलगायत सभापति देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए।

करिब एक घण्टा सभापति देउवासँग जसपा नेताहरूको भेटवार्ता भएको सभापति देउवाका सहयोगी भानु देउवाले बताए।

समसामयिक राजनीतिक घटनाक्रम, नागरिकता विधेयकलगायत विषयमा भेटवार्तामा कुराकानी भएको थियो।

सरकारले असार १८ गते संसदको अधिवेशन अन्त्य गरिदिएपछि विधेयकहरू छलफल गरी पारित हुनबाट रोकिएका छन्।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्र आन्तरिक विवाद चुलिएका बेला प्रतिपक्षी दलका नेताहरूबीच छलफल भएको हो।

प्रकाशित मिति: Jul 7, 2020

प्रतिक्रिया दिनुहोस्