Logo
२२ कार्तिक २०८१, बिहीबार
(July 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपामा सहमतिको प्रयास जारी, ओलीसँग छलफल गर्न प्रचण्ड पुगे बालुवाटार

नेकपा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् ।

पछिल्लो समयमा सत्तारुढ दल नेकपाभित्र विवाद चलिरहेको अवस्थामा नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद मिलाउन नेताहरु परामर्शमा व्यस्त भएका छन् ।

प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीलाई राजीनामा दिनुपर्ने प्रचण्ड पक्षको माग र दुवै पद नछाड्ने ओलीको अडानका बीच नेकपामा आन्तरिक कलह चुलिएको छ । विवाद चर्किएपछि स्थायी कमिटी बैठकसमेत प्रभावित भएको छ ।

आन्तरिक शक्ति संघर्षले पार्टी बिभाजनको अवस्थामा पुगेको भन्दै दोस्रो तहका नेताहरुले सहमतिका लागि पहल गर्दै आएका छन् ।

कार्यकर्ताहरुले पनि जिल्ला जिल्लामा प्रदर्शन गर्दै पार्टी बिभाजन नगर्न र एकताबद्ध हुन दबाव दिँदै आएका छन् ।

हाल नेकपा स्थायी कमिटीको बैठक स्थगित गरेर नेताहरुले सहमतिको प्रयास जारी राखेका छन् ।सोमबार बस्ने भनिएको स्थायी कमिटीको बैठक २४ गतेसम्मका लागि स्थगित गरिएको छ ।

प्रकाशित मिति: Jul 7, 2020

प्रतिक्रिया दिनुहोस्