Logo
५ आश्विन २०८१, शनिबार
(July 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लकडाउनमा अनुमति बिनै मान्छे बोक्दै टुटल, पठाओकर्मी !

टुटल, पठाओकर्मीहरुले लकडाउनमा अनुमती बिनै मान्छे बोक्न थालेका छन । लामो समयदेखि राइड सेयर बन्द भएपछि टुटल, पठाओकर्मी आफू खुसी राइड सेयर गर्न थालेका छन्।

राइडरहरुले राइड सेयरसगँ सम्बन्धित विभिन्न फेसबुक ग्रुपमार्फत आफ्नो लोकेशन र नम्बर पोष्ट गरेर प्यासेन्जर खोज्न सुरु गरेका हुन्।

जागिर नभएको र राइड सेयर कम्पनीहरुले चलाउन अनुमती नदिएको कारण यसरी आफुखुसी काम गर्नु परेको एक राइडरले बताए।

‘कोठा भाडा त परै जाओस, अहिले त खाना खान पनि मुस्किल परेको छ। त्यही भएर जोखिम मोलेर पनि काम गरेका हौ,’ उनले भने।

कम्पनीले अनुमती दिए अनलाइनमै बसेर राइड लिने उनले स्पष्ट पारे। ‘अनुमती दिए त हामी पनि अनलाइनमा बसेर राइड लिन्छौ। कम्पनीलाई कमिसन दिनुपरे पनि सुरक्षित त हुन्छौ नी,’ उनले भने। काम गरेर खान पाउने सबैजानको अधिकार भएपनि यसरी राइड लिंदा जोखिम हुने पठाओका क्षेत्रिय निर्देशक अशिममान सिंह बस्न्यातले बताए।

प्रकाशित मिति: Jul 6, 2020

प्रतिक्रिया दिनुहोस्