Logo
५ आश्विन २०८१, शनिबार
(July 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाका कारण विदेशमा अप्ठायारोमा परेका १९ हजारभन्दा बढी नेपालीको उद्धार

कोरोनाका कारण विदेशमा अप्ठायारोमा परेका १९ हजारभन्दा बढी नेपालीको उद्धार गरिएको छ । आइतबारसम्म विभिन्न देशबाट १९ हजारभन्दा बढी नेपालीको उद्धार भइसकेको छ। सबैभन्दा बढी नेपालको वैदेशिक रोजगारका मुख्य गन्तव्य मुलुकहरु मलेसिया, यूएई, कतार, साउदी अरब, कुवेतलगायत देशबाट ल्याइएको छ।

कुवेतबाट मात्र ४ हजारभन्दा बढी नेपाली ल्याइएको छ। अधिकांशलाई कुवेत सरकार आफैले पठाई दिएको हो। यूएईबाट ३ हजार २ सयभन्दा बढी आएका छन्। कतार र साउदी अरब दुवै देशबाट २५ सयभन्दा बढी नेपाली स्वदेश फर्किएका छन्। मलेसियाबाट २ हजारभन्दा बढी आएका छन्।

सरकारले विदेशमा अलपत्र नेपालीलाई धमाधम उद्धार गरिरहेका बेला वै‌देशिक रोजगारीमा जान पनि खुला गरेपछि यतिबेला वैदेशिक रोजगार विभागमा श्रम स्वीकृति लिनेको भिड देखिएको छ।

विभागले गत शुक्रबारदेखि श्रम स्वीकृति दिन थालेको हो। विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार नयाँ श्रम स्वीकृति दिएको छैन, पुन श्रम स्वीकृति मात्र दिइएको छ। विभागले करार अवधि बाँकी रहेका, विदामा आएका र भिसाको अवधि बाँकी रहेकालाई पुन श्रम स्वीकृति दिइरहेको छ।

प्रकाशित मिति: Jul 6, 2020

प्रतिक्रिया दिनुहोस्