Logo
५ आश्विन २०८१, शनिबार
(July 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टी विभाजनको संघारमा पुगेका बेला नेकपाका शीर्ष नेताहरु शितलनिवासमा पुगे

नेकपा विभाजनको संघारमा पुगेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रचण्डसहितका तीन शीर्ष नेताशीतल निवास पुगेका छन् । प्रचण्डसँगै पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल र माधव नेपाल शीतल निवास गएका हुन् ।

प्रचण्ड पक्षले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने र प्रधानमन्त्री हटाउने षडयन्त्र गरिरहेको आरोप प्रधानमन्त्रीले लगाइरहेका बेला यसबारे प्रष्ट पार्न प्रचण्ड सहितका नेताहरु शीतल निवास पुगेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीले शनिवार साँझ राष्ट्रपतिसँग भेट गरेपछि मन्त्रिपरिषद सदस्यहरुसँग परामर्श गरेका थिए । त्यसक्रममा उनले राष्ट्रपतिविरुद्ध समेत खुमलटारमा प्रचण्ड पक्षधर नेताहरुले षडयन्त्र गरेको आशय व्यक्त गर्दै जुनसुकै कदम चाल्नुपर्ने बताएका थिए ।

प्रधानमन्त्रीलाई सम्झाउनका लागि पनि तीन नेताले राष्ट्रपतिमार्फत आग्रह गर्ने सम्भावना रहेको माधव नेपाल निकट एक नेताले बताए । केपी ओलीले हठ नछाड्दा पार्टी फुट्ने र यसले राष्ट्रपति तथा प्रधानमन्त्रीलाई समेत अप्ठेरो पर्ने भएकाले राष्ट्रपतिले ओलीमाथि दबाब बढाउन् भन्ने चाहेको उनले बताए ।

प्रकाशित मिति: Jul 5, 2020

प्रतिक्रिया दिनुहोस्