Logo
५ आश्विन २०८१, शनिबार
(July 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा स्थायी कमिटी बैठक शनिबार बस्ने गरी स्थगित

नेकपा स्थायी कमिटी बैठक सकिएको छ । बैठक शनिबार बस्ने गरी स्थगित भएको हो ।
बिहीबार बिहान ११ बजे बसेको बैठक मन्त्रिपरिषद् बैठकका कारण केही घन्टा रोकिएको थियो ।

‘शुक्रबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताले छलफल गर्ने, पार्टीको यो संकटलाई समाधान गर्न अधिकतम् कोसिस गर्ने भनेर बैठक एक दिनको समय राखेर आजको बैठक सकिएको हो,’ एक नेताले भने ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बिहीबार दिउँसो संघीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य गरेसँगै नेकपाको स्थायी कमिटी बैठक पनि प्रभावित भएको हो । मन्त्रिपरिषद् बैठक बस्नु प्रधानमन्त्री केपी शर्मा ओली पनि राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास गएका थिए ।

प्रकाशित मिति: Jul 2, 2020

प्रतिक्रिया दिनुहोस्