Logo
५ आश्विन २०८१, शनिबार
(July 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रस्तावित नेकपा एमाले र माओवादी केन्द्र ओली–प्रचण्डलाई स्वागत गर्न आतुर !

प्रधानमन्त्रीको राजीनामा माग पछि नेकपा भित्रै तीव्र असन्तुष्टि बढिरहेको बेला प्रतावित नेकपा एमाले र गोपाल किराँतीले नेतृत्व गरेको माओवादी केन्द्रले केपी शर्मा ओली र प्रचण्डलाई आफ्नो पार्टीमा स्वागत गर्न आतुर रहेको बताएका छन ।

नेकपा एमाले नाममा दल दर्ताका लागि निर्वाचन आयोगमा मनिषकुमार उपाध्यायको नामबाट गत १२ असारमा निवेदन दिइएको थियो । निर्वाचन आयोगले निवेदन दर्ता गरे पनि दल दर्ताको प्रक्रिया बाँकी छ । यसैविषयले नेकपाको स्थायी कमिटी बैठकमा तरंग पैदा गरेको थियो ।

प्रस्तावित एमालेका महासचिव मनिषकुमार उपाध्यायले केपी शर्मा ओलीसहितका नेता एमालेमा आउन चाहे स्वागत गर्ने बताएका छन । ‘ओली मात्र किन माधव नेपाल, वामदेव गौतम लगायत सबै नेताहरुलाई हाम्रो विचार मन परेर आउनुभयो भने स्वागत नै गर्नेछौं ।,’ उनले बताए ।

१५ भदौ २०७६ मा निर्वाचन आयोगमा दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोपाल किरातीँले नेतृत्व गरिरहेका छन । प्रचण्ड सु्ध्रिएर फर्किन चाहे स्वागत गर्ने बताए । ‘हामीले गल्ती कमजोरी स्वीकार गरी सार्वजनिक आत्मआलोचना गरेर प्रचण्डहरुलाई माओवादी आन्दोलनमा फर्क भनीरहेका छौं । किनकी यदि देश र जनताको पक्षमा अग्रगमन चाहन्छन् भने प्रचण्डहरु जहाँ छन् त्यहाँबाट अग्रगमन सम्भव छैन,’ उनले बताए ।

उनले थपे,‘त्यसैले माओवादी आन्दोलनमा उहाँहरु फर्केर आउनुहुन्छ भने वैचारिक राजनीतिक क्षेत्रमा गुणात्मक विकास पनि हामीले गरेकै छौं । कानूनी रुपमा नेकपा (माओवादी केन्द्र) हाम्रो अध्यक्षतामा दर्ता भएकै छ । प्रचण्ड फर्केर आउँदा राजनीतिक रुपमा सल्लाह गर्न सकिन्छ ।,’

 

प्रकाशित मिति: Jul 1, 2020

प्रतिक्रिया दिनुहोस्