प्रधानमन्त्री थप संकटमा, नेकपाको बैठकमा आज पनि राजीनामा मागियो
नेकपाको आज बसेको स्थायी कमिटी बैठकमा पनि नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन ।
स्थायी कमिटी सदस्यहरू लीलामणि पोखरेल र मातृका यादवले प्रधानमन्त्री ओलीलाई स्वास्थ्य अवस्था र हालै सार्वजनिक भएका अभिव्यक्तिका कारण राजीनामा दिनु नै उपयुक्त हुने सुझाव दिएका हुन् ।
उनीहरूले करिब दुईतिहाइ नजिकको बहुमत हासिल गरेका प्रधानमन्त्रीले आफूलाई भारतले हटाउन चाहेको अभिव्यक्ति दिएको भन्दै नैतिक रूपमा पनि राजीनामा दिन सुझाव दिएका हुन् ।
बैठकमा अर्का स्थायी समिति सदस्य तथा पर्यटनमन्त्री योगेश भट्टराईले नमिलेका कुराहरू मिलाएर हल गरेर जानुपर्ने बताएका छन् । उनले यही बैठकबाट सबै समस्याको हल नहुने भन्दै दुई अध्यक्ष बसेर सल्लाह गर्न सुझाव दिएका छन् ।
यस्तै, पेशल खतिवडा र नन्दप्रसाद प्रसाईंले पनि प्रधानमन्त्रीले गल्ती गरेको र तिनीहरूलाई सच्याएर जानुपर्नेमा जोड दिएका थिए ।