Logo
५ आश्विन २०८१, शनिबार
(July 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित

प्रतिनिधिसभाको बैठक नेपाली कांग्रेसका सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ ।

बुधबारको संसद बैठक कांग्रेस सांसद छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको हो । २०७४ सालमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिकबाट निर्वाचित छन्त्यालको बुधबार बिहान निधन भएको थियो ।

मुटुसम्बन्धि रोगबाट पीडित उहाँको गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारका क्रममा निधन भएको हो।

बाग्लुङको तमानखोला ५ मा जन्मिएकी छन्त्याल ढोरपाटन नगरपालिका १ बुर्तिवाङमा बस्दै आउनुभएको आएकी थिइन् । प्रतिनिधिसभाको अर्को बैठक असार २२ गते १ बजेसम्मका लागि स्थगित भएको सभामुख अग्नि प्रसाद सापकोटाले बताउनुभयो ।

यस्तै राष्ट्रियसभा बैठक पनि छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ । बैठकले शोक प्रस्ताव पारित गर्दै स्थगित भएको हो ।

सांसद छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै बिहीबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित भएको राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले बताए ।

प्रकाशित मिति: Jul 1, 2020

प्रतिक्रिया दिनुहोस्