Logo
१६ कार्तिक २०८१, शुक्रबार
(July 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुईपक्षीय द्वन्दबीच नेकपा स्थायी कमिटी बैठक स्थगित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ । बैठक बिहीबार बिहान ११ बजे बस्नेछ ।

बैठकमा ५ जना नेताहरूले धारणा राखेपछि बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

पुर्व माओवादी र पुर्व एमाले गरि दुईपक्षीय नेकपामा अहिले दुईपक्षीय द्वन्द्व देखिएको छ । हिजो मात्रै घम्साघम्सी नै भएको थियो ।

बुधबारको बैठकमा स्थायी कमिटी सदस्यहरू लीलामणि पोखरेल, योगेश भट्टराई, मातृका यादव, एनके प्रसाईं र पेशल खतिवडाले धारणा राखेका थिए।

प्रतिनिधिसभा बैठकमा बुधबारै निधन भएकी सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक व्यक्त गर्न जानुपर्ने भन्दै बैठक स्थगित गरिएको हो ।

 

प्रकाशित मिति: Jul 1, 2020

प्रतिक्रिया दिनुहोस्