Logo
२३ कार्तिक २०८१, शुक्रबार
(July 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ल्यापटपको माग ह्वात्तै बढ्यो, १० देखि १५ हजार मूल्य बढाएर विक्रेताले बेचे

लकडाउनका कारण बजारमा ल्यापटपको माग बढे ह्वात्तै बढेको छ । धेरैले अफिसको काम घरबाटै गर्दा माग बढेको हो । माग बढेसँगै व्यवसायीहरुले एउटा ल्यापटपको मूल्य १० देखि १५ हजार रुपैयाँसम्म बढाएर बेचेको छन ।

विक्रेताहरुका अनुसार डेल, एसर, आसुस, लेनोभो, एप्पल, एचपी लगायतका नेपालमा बिक्री हुने सबैजसो ब्रान्डका ल्यापटपको मूल्य बढेर आएकाले महँगोमा बेच्नुपरेको हो ।

लकडाउनका कारण माग र आपूर्तिबीच सन्तुलन नमिल्दा मूल्य बढेको उनीहरुको भनाइ छ । ल्यापटप विक्रेता रामेश्वर नेपालका अनुसार लकडाउनले ल्यापटपको व्यापारमा खासै असर गरेन बरु उल्टै फाइदा भयो । तर, लकडाउनका कारण आयातमा केही कठिनाइ भने विक्रेताले झेल्नुपरेको उनी बताउछन ।

लकडाउनका कारण अफिसको काम घरमै गर्नेको संख्या बढेको छ । यसबाहेक अनलाइन कक्षा, अनलाइन मार्केटिङ लगायतका अनलाइनको काम बढ्न थालेपछि ल्यापटपको माग बढेको छ ।

तर अन्तर्राष्ट्रिय उडान ठप्प हुँदा विमान चार्टर्ड गरेर सामान ल्याउनुपर्दा बढी रकम लाग्ने हुँदा मूल्य बढेको विक्रेताहरुको भनाइ छ ।

प्रकाशित मिति: Jul 1, 2020

प्रतिक्रिया दिनुहोस्