Logo
१६ कार्तिक २०८१, शुक्रबार
(July 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीलाई निकटतमहरुको सुझाव : ‘अडान नछाड्नुस्, नडगमगाउनुस्’

प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रपति, मन्त्री र आफूनिकट स्थायी कमिटी सदस्यहरुले अडान नछाड्न र नडगमगाउन सुझाव दिएका छन् ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा जानुअघि निकटतमहरुले सुझाव दिएका हुन् ।

आफूमाथि हुन सक्ने सम्भावित खतराको आकलन गर्दै मंगलबार बैठक बस्नुअघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेका प्रधानमन्त्रीले बैठक पछि पनि पुनः भेट गरेका थिए ।

मंगलवारको स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाललगायत उनीहरूका नजिकका स्थायी कमिटी सदस्यले राजीनामा मागेपछि प्रधानमन्त्री ओलीले बैठकमा जानुअघि आफूनिकट नेताहरूसँग परामर्श गरेका हुन् ।

उक्त भेटघाट सकेपछि साँझ आफूनिकट नेताहरुसँग परामर्श गरेका प्रधानमन्त्री ओलीले बुधबार बिहानै मन्त्रीपरिषद्का सदस्य तथा स्थायी कमिटी सदस्यहरूसँग पनि परामर्श गरेका हुन् ।

संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङ, गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वी सुब्बा गुरुङ, प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलदेखि मन्त्रीपरिषद्का सदस्यहरू बैठकमा उपस्थित छन् ।

गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्टसहित बहुमत सदस्यलाई बोलाएर वालुवाटारमा प्रधानमन्त्रीले परामर्श गरिरहेको वालुवाटार स्रोतले बताएकाे छ ।

प्रकाशित मिति: Jul 1, 2020

प्रतिक्रिया दिनुहोस्