Logo
५ आश्विन २०८१, शनिबार
(June 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीको राजीनामा गोकुल बास्कोटाको टिप्पणी-ओलीमाथिको हमला सुनियोजित !

नेकपा अध्यक्ष प्रचण्डले स्थायी कमिटी बैठकमा नै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि पूर्वसंचारमन्त्री गोकुल बास्कोटाले ओलीमाथिको हमला सुनियोजित भएको बताएका छन ।

समाजिक संजालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बास्कोटाले भनेका छन,‘प्रधानमन्त्रीका कमजोरी होलान तर प्रधानमन्त्रीमाथिका हमलाहरु नियोजित डिजाईनका स्पष्ट श्रृङ्खला हुन। बदनाम, आक्रमण र ध्वस्त । चरणहरु यीनै हुन । बाँकी धैर्यतापुर्वक हेरौ । अरुलाई पुर्ने खाल्डो खन्नेले आफ्ना लागि पनि खनिरहेकै हुन्छ।,’

बास्कोटा ओलीका विश्वासीला पात्रका रुपमा लिइने गरिएको छ ।

प्रकाशित मिति: Jun 30, 2020

प्रतिक्रिया दिनुहोस्