Logo
५ आश्विन २०८१, शनिबार
(June 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले ब्यूँताउन निर्वाचन आयोगमा निवेदन दर्ता, नेकपा बैठकमा प्रचण्ड कड्किए !

नेकपा एमाले ब्यूँताउन निर्वाचन आयोगमा निवेदन दर्ता गरिएको छ । झापाकी सन्ध्या तिवारीको अध्यक्षतामा एमाले पार्टी दर्ताका लागि आइतबार निवेदन परेको छ ।

उक्त विषयबारे सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको आजको स्थायी कमिटी बैठकमा समेत छलफल भएको  नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरूलाई बताए ।

‘नयाँ पार्टी नेकपा एमाले दर्ता गर्न निर्वाचन आयोगमा दुई दिनअघि आवेदन परेको छ। यसमा हाम्रो पार्टीको नेता कार्यकर्ताको संलग्न छ कि छैन भनेर छलफल भयो,’ प्रवक्ता श्रेष्ठले बताए ।

बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो पार्टी कसले, किन दर्ता गर्न लागेको हो ? भनि प्रश्न गरेका थिए ।

जवाफका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले कसैले पार्टी दर्ताको निवेदन दिएको हुन सक्ने बताएको समाचार शूत्रको दावी छ । गोपाल किराँतिले माओवादी केन्द्र दर्ता गर्दा आफूले कुनै चासो नदिएको भन्दै ओलीले प्रचण्डलाई धेरै निहँु नखोज्न आग्रह गरेको बैठकमा सहभागी एक नेताले बताए ।

प्रकाशित मिति: Jun 30, 2020

प्रतिक्रिया दिनुहोस्