Logo
१६ कार्तिक २०८१, शुक्रबार
(June 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘रोगले होइन, भोकले मर्ने भइयो सरकार’,भन्दै प्रदर्शनमा उत्रिए ट्याक्सी व्यवसायी

लकडाउनका कारण लामो समयदेखि ट्याक्सी चलाउन नपाएपछि व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । सरकारले कोरोना संक्रमणको जोखिम रहेको भन्दै सार्वजनिक यातायातका साधन चलाउन रोक लगाएको छ ।

उनीहरु मंगलबार बिहान नयाँबानेश्वर-तीनकुने सडकखण्डको किनारमा ट्याक्सी पार्क गरेर प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका हुन् । सो क्षेत्रमा उल्लेख्य संख्यामा नेपाल प्रहरी र ट्राफिक प्रहरीहरु खटाइएको छ ।

ट्याक्सी चालक तथा व्यवसायीहरुले ‘रोगले होइन, भोकले मर्ने भइयो सरकार’, घरबेटीले कोठा भाडा माग्यो सरकार’, ‘कि हामीलाई गरिखान देऊ, कि हामीलाई कामको व्यवस्था गरिदेऊ’, लगायतका नारा लेखिएका पर्चा शरीरमा टाँसेका छन् ।

सरकारले लकडाउनको अहिलेको मोडललाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ ।

प्रकाशित मिति: Jun 30, 2020

प्रतिक्रिया दिनुहोस्