Logo
५ आश्विन २०८१, शनिबार
(June 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अख्तियार विधेयक अहिले अगाडि बढ्दैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रलाई पनि अख्तियारको कार्यक्षेत्रमा पार्ने विधेयकलाई सरकारले अगाडि नबढाउने बताएका छन्।

सोमबार नेपाल उद्योग परिसंघको १७ औँ वार्षिक साधारण सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल निजी क्षेत्रमा अख्तियार प्रवेश गर्न पाउने व्यवस्थासहितको विधेयक अगाडि नबढाउने जानकारी दिएका छन्।

उनले निजी क्षेत्रमा भएका अनियमितताबारे छानबिन तथा अनुसन्धान गर्ने थुप्रै निकायहरु रहेकोले अख्तियारलाई त्यो अधिकार दिन आवश्यक नरहेको बताए ।

‘सरकारले तत्काल अख्तियार विधेयक अगाडि बढाउँदैन र त्यो अहिले आवश्यक पनि छैन। अहिले त्यो आवश्यक छैन । यसमा पछि विचार गरौँला। पछि आवश्यकता के हुन्छ।’

यस्तै उनले निजी क्षेत्रलाई हेर्ने थुप्रै निकाय हुदाँहुदै अख्तियारले नै निगरानी गरिरहन आवश्यक नरहेको ओलीको भनाइ थियो ।

यस्तै प्रधानमन्त्री ओलीले सरकार तथा निजी क्षेत्र एक जुट भएर अगाडि बढेमा मात्र देशको अर्थतन्त्र सबल हुने बताए।

सरकारले उद्योगी व्यवसायीहरुलाई समस्यामा पार्ने, हतोत्साहित गर्ने, असहयोग गर्ने काम सरकारले कुनै हालतमा नगर्ने ओलीले बताए ।

ओलीले कोरोना महामारीका कारणले लाखौँ युवाहरुलाई रोजगारी श्रृजना गर्नुपर्ने चुनौती थपिएको बताए ।

प्रकाशित मिति: Jun 29, 2020

प्रतिक्रिया दिनुहोस्