Logo
५ आश्विन २०८१, शनिबार
(June 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सन्दर्भ धान दिवस : चामलमा नेपाल परनिर्भर, ११ महीनामा ३० अर्बको आयात

आज असार १५ धान दिवस विभिन्न तामझामले मनाएपनी चामलमा नेपाल परनिर्भर बन्न पुगेको छ ।

भन्सार विभागका अनुसार मुलुकमा उत्पादित चामलले नधानेपछि चालू वर्षको ११ महिनामा मात्रै ३० अर्ब ८२ करोडको चामल आयात भएको छ ।

वार्षिक ६ लाख टन चामल अपुग मुलुकलाई अपुग रहेको तथ्यांकले देखाउछ ।

उत्पादकत्व प्रतिहेक्टर ३.८ टन हुने गरेको छ । भारतमा ४.५ र चीनमा ७ टन धान उत्पादकत्व गर्ने क्षमता छ ।

कृषि यान्त्रिकरण, प्रविधी, बाँझो जग्गा राख्ने प्रवृत्ति कायमै रहँदा मुलुक थप परनिर्भरतामा धकेलिदै जाने खतरा रहेको विज्ञहरुको बुझाइ छ ।

पञ्चायत कालसम्म नेपालबाट भारततर्फ चामल निर्यात हुन्थ्यो । धेरै धान फल्ने तराईमा ठूला ‘राइस’ मिल सञ्चालनमा थिए । धान/चामल निर्यातका लागि ठूला गोला र मन्डी बनाइएको हुन्थ्यो ।  सन् १९७० को दशकसम्म नेपाल धान, चामल निर्यात गर्नेमा विश्वकै चौथो ठूलो मुलुकमा दहरिएको कृष्णराज बजगाइँले जानकारी दिए ।

सन् १९७० को दशकसम्म नेपाल धान, चामल निर्यात गर्नेमा विश्वकै चौथो ठूलो मुलुकमा ठहरिएको थियो । 
गहुँ : ५ अर्ब २१ करोड
मकै : १० अर्ब ६३ करोड
चामल : २३ अर्ब ८८ करोड
कोदो÷फापर : ३४ करोड
तरकारी : ११ अर्ब १२ करोड
गेडागुडी : १० अर्ब ३७ करोड
जिउँदा जनावर : २ अर्ब २८ करोड
माछामासु : १ अर्ब १७ करोड
दुध, दुग्धजन्य : २ अर्ब ४४ करोड
फलफुल : ८ अर्ब ८८ करोड
खाने तेल : २२ अर्ब ३३ करोड

धान उत्पादनमा बाँके, बर्दिया, कञ्चनपुर, झापा, मोरङ अग्रणी मानिन्थे । बाँके र बर्दियामा फलेको धान भारतको कोचीसम्म पुग्थ्यो । अरु जिल्लाबाट पनि उत्तिकै निर्यात गरिन्थ्यो । ‘मुसुरो र रहरको दाल, तोरीको तेल, बनस्पती घिउ पनि भारत, बंगलादेश हुँदै खाडीसम्म पुग्थ्यो’, नेपालगन्जका पुराना व्यवसायी सतिशचन्द्र अग्रवाल भन्छन्, ‘अहिले धान÷चामल निर्यात त परै जाओस्, भारतबाट दैनिक चामल नभित्रिए नेपालगन्जमै खान नपाउने अवस्था आइसकेको छ ।’

हाल तराईका धेरैजसो खाद्यन्न मिल बन्द भइसकेका छन्, अलिअलि भएका पनि मृत अवस्थामा छन् । आयातीत कृषि वस्तुमा परनिर्भरता बढ्दै गइरहेको छ । नेपालमा खाने मुख बढ्दै गए पनि सोहीअनुपातमा उत्पादकत्व बढाउन नसक्दा भारतसहित विदेशी परिनिर्भरता बढेको व्यवसायी अग्रवाल बताउँछन् । अहिले मुलुक कृषि वस्तुमा भारतकै भर परिरहेको छ ।

नेपालमा भारतबाट ठूलो परिमाणमा चामल भित्रिन थालेको धेरै भएको छैन । आर्थिक वर्ष २०६६÷०६७ मा एक अर्ब ८० करोडको चामल नेपाल भित्रिएको थियो । आठ वर्षको अवधिमा चामलको आयात यसरी चुलियो, आव २०७३÷०७४ सम्म आइपुग्दा १३ गुणा बढेर २४ अर्ब रुपैयाँको भित्रिएको छ ।

बर्सेनि चामलको आयात उछालिँदै गइरहेको भन्सार विभागको तथ्यांकले देखाउँछ । कुनै समय व्यापार सन्तुलनको मुख्य वस्तु धान, चामल हुने गरेकामा अहिले बढ्दो व्यापार घाटाको मुख्य हिस्सेदार नै चामल बन्न पुगेको छ ।

 

प्रकाशित मिति: Jun 29, 2020

प्रतिक्रिया दिनुहोस्