नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, कुल संख्या २९ पुग्यो
पछिल्लो समयमा नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या बढ्दै गइरहेको अवस्थामा थप एक जनाको मृत्यु भएको छ ।
ललितपुरको स्टार अस्पतालमा उपचाररत् रौतहटका कोरोना संक्रमित २९ वर्षीय पुरुषको गएराति मृत्यु भए हो ।
कोभिड-१९ परीक्षणका क्रममा उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको ललितपुरका स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले बताए ।
अस्पतालका एक कर्मचारीले भने दमका रोगी ती पुरुषलाई उपचारका लागि भ्याण्डिलेटरमा राखिएको केहीवेरमै मृत्यु भएको बताएका छन् ।
योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।