Logo
५ आश्विन २०८१, शनिबार
(June 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लकडाउनमा पनि विप्लव समूह सरकारको निशानामा, खोजीखोजी कार्याकर्ता पक्राउ

लकडाउनमा पनि विप्लव समूह सरकारको निशानामा परेको छ । हिंसात्मक गतिविधीमा लागेको भन्दै सरकारले प्रतिवन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका कार्यक्रर्ताहरु लकडाउनमा समेत पक्राउ परेका हुन ।

प्रहरीले नेकपाका कार्यकर्तालाई लकडाउनमा खोजीखोजी पक्राउ गर्नेक्रम आज मात्रै विप्लव समूहका ६ जना नेता–कार्यकर्तालाई धनगढीमा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयको टोलीले धनगढी उपमहानगरपालिका– १२, जुगेडा क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उक्त पार्टीका कैलाली जिल्ला जनसरकार प्रमुख दलबहादुर विक, धनगढी नगर इन्चार्ज प्रकाश रावल, सदस्यहरू डम्बर सुनार, लक्की शाह, विप्लव निकटको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य बबरजंग सिंह र जिल्ला अध्यक्ष सुवास जोशी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपमशमशेर जबराले जानकारी दिए ।

उनीहरू शंकास्पद गतिविधिमा संलग्न रहेको र केहीलाई पुरानो मुद्दाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै लकडाउनका बेला विभिन्न जिल्लामा गरी करिब ५०० भन्दा बढि विप्लव समूहका कार्यकर्तालाई पक्राउ गरिएको प्रहरी स्रोतले बतायो ।

प्रकाशित मिति: Jun 28, 2020

प्रतिक्रिया दिनुहोस्