‘ओलीलाई पदबाट हटाउँछु भन्ने कसैले नसोचे हुन्छ’
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पदबाट हटाउँछु भन्ने सोच कसैले नगरे हुन्छ भन्ने अभिव्यक्ति दिएका छन् ।
आइतबार बालुवाटारमा मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नयाँदिल्लीका मिडिया, वौद्धिक बहस र काठमाडौंस्थित दूतावासका क्रियाकलाप र होटलहरूमा भइरहेका जमघटबाट आफूलाई हटाउन के(के भइरहेको छ भन्ने देखाइरहेको बताए।
सो कार्यक्रममा ओलीले भने, ‘यसअघि चीनसँग पारवहन सम्झौता गर्दा मेरो सरकार ढलेको थियो तर अहिले हाम्रो बहुमत छ’ । आफ्नो भूमिमा दाबी गरेर नक्सा छाप्ने, यस्तो अपराध गर्ने केपी ओलीलाई हटाउँछु भन्ने कसैले नसोचे हुन्छ भन्दै चेतावनी समेत दिउका छन् ।