चीनमा ६.४ म्याग्नेच्युटको भूकम्प, दर्जनौं घरमा क्षति, भारतसम्म भूकम्पको झट्का महसुस
काठमाडौं : चीनमा ६.४ म्याग्नेच्युटको भूकम्प गएको छ । चीनको झिंजिंयाग इलाकाको युतियान क्षेत्र केन्द्रविन्दु भई आएको भूकम्पका कारण दर्जनौं घरहरुमा क्षति पुर्याएको छ ।
यद्दपी मानविय क्षतिको बिवरण भने आएको छैन । यो भूकम्पको झट्का भारतसम्म महसुस गरिएको थियो ।
उइगर मुश्लिम समुदायलाई चीनले बन्दी बनाएको क्षेत्रमा भूकम्पको ठूलो धक्का लागेका कारण त्यहाँका सर्वसाधारणमा भागदौड मच्चिएको थियो ।