Logo
२३ कार्तिक २०८१, शुक्रबार
(June 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनसँग कुनै सीमा विवाद नरहेको नेपाल सरकारको दाबी

सरकारले चीनसँग कुनै सीमा विवाद नरहेको दाबी गरेको छ। चीनले नेपालको विभिन्न जिल्लामा गरी ३३ हेक्टर जमिन अतिक्रमण गरेको समाचार सार्वजनिक भए पछि बिहीबार परराष्ट्र मन्त्रालयले त्यसको खण्डन गरेको हो।

भारतले लिम्पियाधुरासहितको भुभाग अतिक्रमण गरेको विषयमा नेपालमा चर्चा र विरोध भइरहेका बेला चीनले पनि सीमा अतिक्रमण गरेको भन्दै विवाद सिर्जना गर्न खोजिएको छ।

मन्त्रालयले सन् १९६१ मै नेपाल र चीनबीच सीमा विवाद हल भइसकेको उल्लेख गर्दै गलत विवरणको पछि नलाग्न सञ्चार माध्यमलाई आग्रह गरेको छ।

प्रकाशित मिति: Jun 25, 2020

प्रतिक्रिया दिनुहोस्