सरकार र पार्टीलाई सिध्याउन विदेशी शक्तिहरु सल्बलायो तर फरक पर्दैन : केपी शर्मा ओली
नेकपा अध्यक्ष समेत रहेका केपी शर्मा ओलीको सरकार ढाल्न र नेकपालाई सिध्याउन विदेशी शक्तिहरु सल्बलाएको बताएका छन । तर उक्त प्रयासहरुले आफूलाई कुनै फरक नपर्ने बताए ।
बुधबारबाट सुरु भएको पार्टी स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दे उनले विदेशी शक्तिले पार्टी र सरकार सिध्याउने तल्लिन भएकाले पार्टीभित्र गु्टको राजनीति छाडेर एकताबद्ध हुन आग्रह गरेका हुन ।
‘विदेशी शक्तिहरु कसरी लागेका छन, यो पार्टी र सरकार सिध्याउन, हामीलाई पूरै थाहा छ,’ ओलीले भनेका थिए । तर, ती शक्ति को हुन भन्ने उनले स्पष्ट गरेनन ।
प्रधानमन्त्री ओलीले सहमतिका आधारमा पार्टी चलाउनुको सट्टा गुटको राजनीतिमा कतिपय नेताहरु सहभागी भएको भन्दै असन्तुष्टी समेत व्यक्त गरेका छन ।
स्थायी समितिको अर्काे बैठक १२ गते ११ बजे बस्ने तय गरिएको छ ।