Logo
५ आश्विन २०८१, शनिबार
(June 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा र सरकार सिध्याउन विदेशी शक्तिहरु सल्बलाएको ओलीको दावी

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा नेकपा र सरकार ढाल्न विदेशी शक्तिहरु सल्बलाएको बताएका छन ।

बुधबारबाट सुरु भएको पार्टी स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दे उनले विदेशी शक्तिले पार्टी र सरकार सिध्याउने तल्लिन भएकाले पार्टीभित्र गु्टको राजनीति छाडेर एकताबद्ध हुन आग्रह गरेका हुन ।

‘विदेशी शक्तिहरु कसरी लागेका छन, यो पार्टी र सरकार सिध्याउन, हामीलाई पूरै थाहा छ,’ ओलीले भनेका थिए । तर, ती शक्ति को हुन भन्ने उनले स्पष्ट गरेनन ।

प्रधानमन्त्री ओलीले सहमतिका आधारमा पार्टी चलाउनुको सट्टा गुटको राजनीतिमा कतिपय नेताहरु सहभागी भएको भन्दै असन्तुष्टी समेत व्यक्त गरेका छन ।

स्थायी समितिको अर्काे बैठक १२ गते ११ बजे बस्ने तय गरिएको छ ।

प्रकाशित मिति: Jun 24, 2020

प्रतिक्रिया दिनुहोस्