गण्डकी प्रदेशमा कोरोना संक्रमण तिब्र फैलिदैँ, ३२ जना नयाँ संक्रमित थपिए
पछिल्लो समयमा गण्डकी प्रदेशमा पनि कोरोना संक्रमण प्रतिदिन फैलिदै गइरहेको अवस्थामा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
गण्डकीका ८ जिल्लामा नयाँ सङ्क्रमित थपिएका हुन् । ३२ जना थपिएसँगै प्रदेशमा सङ्क्रमितको संख्या ७२९ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
स्याङ्जाका ७ जना, गोरखाका १ जना, नवलपरासी सुस्तापूर्वमा ३ जना, लमजुङका ५ जना, पर्वका १ जना, कास्कीका ५ जना, बाग्लुङका १ जना र तनहुँका १ जना थपिएका निर्देशनालयले जनाएको छ ।
उनीहरु सबैलाई आइसोलेसनमा लैजाने तयारी भएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता बिनोदबिन्दु शर्माले जानकारी दिए ।
गण्डकी प्रदेशका कोरोना सङ्क्रमित ७२९ मध्ये ७० जना निको भएर घर फर्किएका छन् भने १ जनाको ज्यान गएको छ । यसअघि हिजो १ सय ४ जना नयाँ सङ्क्रमित थपिएका थिए ।