Logo
५ आश्विन २०८१, शनिबार
(June 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो

मंगलबार ५ सय ३८ कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५ सय ३८ संक्रमित थपिएको जानकारी दिए।

सो संख्या थपिएसँगै आजसम्म कुल संक्रमितको संख्या १० हजार ९९ पुगेको छ। पछिल्लो २४ घण्टामा ७६ कोरोनाका विरामी निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।

आज डिस्चार्ज हुनेमा ६८ पुरुष र ८ महिला छन्। यीसहित हालसम्म २ हजार २ सय १८ निको भएर घर फर्किएका छन्। त्यस्तै मृतक २४ जनामा कोरोनाभाइरस देखिएको छ।

यस दिन ४ हजार ९ सय ९५ जनाकाे पिसिआर परीक्षण गरिएकाे छ।

प्रकाशित मिति: Jun 23, 2020

प्रतिक्रिया दिनुहोस्