भारतको जम्मु–कस्मिरमा पाकिस्तानको हमला, गोलावारी परि नेपालीको ज्यान गयो
भारतको जम्मु–कस्मिरमा भएको भिडन्तमा परि एक नेपालीको ज्यान गएको छ ।
गुल्मीको छत्रकोट गाउँपालिका वडा– ५ खज्याङ घर भएका भारतीय सेनाका हवल्दार दीपक कार्की सोमबार बिहान भएको भिडन्तमा ज्यान गएको भारतीय संचारमाध्यमले बताएका छन ।
कार्की जम्मु काश्मिरको रजौरी जिल्लाको नौशेरा सेक्टरमा ड्युटीमै रहँदा गोलाबारीमा पाकिस्तानतिरबाट गोलाबारी भएको थियो । गोलाबारीमा घाइते भएका उनको उपचारको क्रममा ज्यान गएको पारिवारिक स्रोतले समेत बताएको छ ।