सुनको मूल्यमा ४ सयले बृद्धि, प्रतितोला ९१ हजार रुपैयाँ
काठमाडौं : सुनको मूल्य तोलामा ४ सयले बढेर ९१ हजार रुपैया पुगेको छ ।
आइतबार छापावाला सुनको मूल्य तोलामा ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँची व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य तोलामा ४ सयले बढेर ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुनको मूल्य पनि तोलामा ४ सयले बढेर ९० हजार छ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलमा ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।