Logo
५ आश्विन २०८१, शनिबार
(June 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमसिसीको विरोधमा अन्दोलन चर्काउन साना ११ दलको ‘मोर्चाबन्दी’ !

एमसिसीको विरोधमा अन्दोलन चर्काउन साना ११ दलले मोर्चाबन्दी गरेका छन । अमेरिकी आर्थिक सहयोगमा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेसेन एमसिसीको विरोधमा विभिन्न ११ दलले मोचाबन्दी गरी चरणबद्ध रुपमा आन्दोलन गर्ने घोषणा गरेका हुन ।

सोमबार एक विज्ञप्ति जारी गर्दै ११ दलले चरणबद्ध रुपमा विरोध प्रदर्शन गर्नुका साथै संयुक्त विरोधसभा गर्ने जनाएका हुन्। सत्तारुढ नेकपाको असार १० गते बस्ने स्थायी कमिटी बैठकको निर्णयपछि थप संर्घषका कार्यक्रम ल्याउने उनीहरुले बताएका छन्। एमसिसी संसदको कार्यसूचिबाट नहटाउँदासम्म खारेजीका लागि एकसूत्रीय माग बनाउने निर्णय उनीहरुले गरेका छन ।

एमसिसी इन्डोप्यासिफिक रणनीतिअन्तर्गत भएको भन्दै संसदको चालू अधिवेसनबाटै पारित गराउन प्रधानमन्त्री केपी ओलीले टुप्पीदेखि पैतलासम्मको बल लगाएको उनीहरुको आरोप छ ।

‘प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पूर्ण समर्थनको सुनिश्चितताका आधारमा केपी ओली यसलाई पारित गराउने दाउमा लागेका छन, राष्ट्रघाती हुनुका साथै नेपाललाई विदेशी शक्तिको क्रिडास्थल र रणभूमि बनाउने एमसिसी सम्झौताको खारेजीका लागि नेपाली जनता पनि एकताबद्ध भएर संघर्षमा सम्मिलित हुँदै गइरहेका छन,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: Jun 22, 2020

प्रतिक्रिया दिनुहोस्