गण्डकी प्रदेशमा आज थप २० जनामा कोरोना पुष्टि, कुल सङ्क्रमितको संख्या ५४० पुगे
पछिल्लो समयमा गण्डकी प्रदेशमा कोरोना संक्रमित एकदमै बढ्दै गइरहेको अवस्थामा आज २० जनामा कोरोना पुष्टि भएको छ ।
यो सँगै गण्डकीमा सङ्क्रमितको संख्या ५४० पुगेको छ । नयाँ दुई महिलासहित १९ पुरुष थपिएका हुन् ।
नयाँ थपिनेमा स्याङ्जाका १२ जना र नवलपरासी पूूर्वका ८ जना रहेका छन् । स्याङ्जाको अर्जुनचौपारीका ७ वर्षका ३ बालक सहित १६, ३०, ३१, ३० र ३८ वर्षका पुरुष र ६ वर्षकी बालिका सहित ५० वर्षकी एक महिला रहेकी छन् ।
कालीगण्डकी गाउँपालिकाका १४ र ४८ वर्षका पुरुष रहेका छन् । यस्तै नवलपरासी पूर्वका बौदीकाली गाउँपालिकाका ८ जना पुरुष रहेका छन् ।
उनीहरु सबै भारतबाट आई क्वरेण्टीनमा बसिररहेका प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डाक्टर बिनोदबिन्दु शर्माले जानकारी दिए ।
गण्डकी प्रदेशका ५४० जना सङ्क्रमितमध्ये ५५ जना निको भएर घर फर्किएका छन् ।