ओयाङ्गमा गएको पहिरोले थुनिएर ताल बन्यो अरुण नदी
संखुवासभा : मकालु गाउपालिका -२ ओयाङ्गमा गएको पहिरोले अरुण नदी आशिंक रुपमा थुनिएको छ ।
मकालु गाउंपालिकाको २ र ५ नम्बर वडाको सिमानामा आज बिहान करिव ६ सय मिटर माथीबाट खसेको पहिरोले अरुण नदी थुनिएको हो । नदी थुनिएर ताल बनेको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभा प्रहरी नायव उपरीक्षक नवराज मल्लले पहिरोले अरुण नदी थुनिएको र पानी जमेर करिब ३ सय मिटरको ड्याम बनेको बताए ।
उनले ड्याममाथिबाट पानी बग्न भने थालिसकेको जानकारी दिए । पहिरोले मकालु गाउपालिका–२ का दुई घर परिवार विस्थापित पनि भएका छन ।
उनीहरुलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ । संखुवासभामा एक सातादेखि लगातार पानी परिरहेको छ ।