Logo
५ आश्विन २०८१, शनिबार
(June 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बेसारपानीमा मजाक गरिएपछि प्रधानमन्त्री असन्तुष्ट

प्रधानमन्त्री केपी शर्मा ओलीले दैनिक प्रयोग हुने खाद्यवस्तुको महत्व नबुझेर केही विद्धानले बेसारको मजाक उडाएको भन्दै असन्तुष्टी व्यक्त गरेका छन ।

औषधिको रुपमा बेसारलगायत सामग्री खानेकुराको रुपमा पूर्खाहरुले प्रयोग गर्दै आएको दोहोर्‍याउँदै उनले मजाक नगर्न आग्रह गरेका हनु ।
‘आहारा, व्यायम र आरामको सन्तुलन मिलाए मात्र स्वस्थ्य रहन सकिन्छ,’ उनले भने, ‘मैले बेसारले रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ भन्दा केही विद्धानले बेसार अदुवालाई मजाक बनाए,’ विश्व योग दिवसको अवसारमा आइतबार बिहान भर्चुअल कार्यक्रममा राष्ट्रिय योग अभ्यासक्रम प्रोटोकल पुस्तिका सार्वजनिक गर्दै उनले भने ।

पूर्वजहरुले औषधिको रुपमा भान्सामा ती खानेकुराको प्रयोग गरेको उनले प्रष्टाए । ‘मेथी किन पड्काएको ? सब्जीमा बेसार किन हालेको ? भनेर ती विद्धानले भान्सा तयार गर्नेलाई सोधुन्, त्यसले शरीरको प्रतिरोधी क्षमता बढाउँछ ।’ त्यसको महत्व नबुझेर पुर्खाको समेत अपमान गरिएको उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले आहार, व्यायम र आरामको सन्तुलन मिलाउन सबैलाई आग्रह समेत गरे । ‘विरुवालाई पानी चाहिन्छ, धेरै पानी भयो भने विरुवा पनि राम्रो हुँदैन,’ उनले भने । शारीरिक र मानसिक हिसाबले सचेत र सबल रहन पहिले स्वस्थ्य रहनुपर्ने उनले जनाए । ‘प्राचीनकालदेखि योग र आयुर्वेद नेपाली समाजमा रहेको छ,’ उनले भने, ‘कस्तो बेला कुन प्रकारको योग आवश्यक हुन्छ भनेर गुरुहरुबाट सिक्नुपर्छ ।’ उनले सबै उमेरका जुनसुकै व्यक्तिलाई योगको आवश्यक पर्ने जनाए । सरकारले स्वस्थ्य र निरोगी नेपाल बनाउने उनले बताए ।

हालै राष्ट्रियसभामा प्रधानमन्त्री ओलीले कोरोनासँग लड्न बेसारको महत्वबारे बोलेका थिए । उनको यो अभिव्यक्तिलाई लिएर सामाजिक सन्जालमा धेरैले ठट्टा गरेका थिए ।

प्रकाशित मिति: Jun 21, 2020

प्रतिक्रिया दिनुहोस्