एमसीसी र नागरिकताबारे टुँगो लगाउन एकाविहानै बालुवाटारमा नेकपा सचिवालय बैठक
एमसीसीको बिषयमा छिनोफानो लगाउन सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक जारी रहेको छ । एमसीसी र नागरिकताबारे छिनोफानो लगाउन सचिवालय बैठक बसेको एक नेताले जानकारी दिएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक विहान ९ बजेदेखि सुरु भएको हो । केही समय यता नेकपाभित्र एमसीसीलाई लिएर विवाद चर्किएको छ ।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलसँग मिलेर एमसीसी सदनबाट पारित गराउन लागेको अर्का अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेताहरु माधव कुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको आरोप छ ।
यही विषयमा टुँगो लगाउनको लागि असार १० गतेलाई स्थायी कमिटी बैठकसमेत बोलाईएको छ ।