Logo
२३ कार्तिक २०८१, शुक्रबार
(June 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नक्सा राष्ट्रियसभाबाट पनि सर्वसम्मत पारित

नक्सासम्बन्धी संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट पनि सर्वसम्मतिले पारित भएको छ । विधेयक पारित हुनु अघि राष्ट्रिय सभामा रहेका दलका शीर्ष नेताहरुले विधेयकमाथि धारणा राखेका थिए । राष्ट्रिय सभामा कुनै संशोधन परेको थिएन ।

अब राष्ट्रिय सभाबाट समेत विधेयक पारित भएको सुचना प्रतिनिधिसभालाई दिनेछ । प्रतिनिधि सभाले राष्ट्रिय सभाबाट पनि विधेयक पारित भएको सन्देश सुनाएर प्रतिनिधि सभाले विधेयक सभाुमखबाट प्रमाणित गराएर प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पठाउनेछ ।

राष्ट्रपतिले प्रमाणिकरण गरेपछि नेपालको संविधानमा लिम्पियाधुरासहितको क्षेत्र समेटिएको नयाँ निशान छाप समेटिनेछ । सरकारले गत जेठ ७ गते लिम्पियाधुरासहितको क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको निशान छापमा रहेको नक्सा परिवर्तनका लागि सरकारले ल्याएको संशोधन विधेयक यसअघि प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भैसकेको छ ।

विधेयकमाथिको दफावार छलफलपछि कानुन न्याय तथा संसदीय मामलामन्त्री शिवमाया तुम्बाहाङ्फेले उक्त विधेयक पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

बिहीबार भएको विधेयकमाथिको मतविभाजनमा ५७ जनाले मतदान गरे । सबैले संविधान संशोधन विधेयकको पक्षमा मत दिए । राष्ट्रिय सभाको एक जना सिट रिक्त छ । अर्थात सबैले मतदानमा सहभागि भएर विधेयकको पक्षमा मत दिए ।

त्यसपछि मत सनाउँदै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गरे ।

हेर्नुस् भिडियो : 

प्रकाशित मिति: Jun 18, 2020

प्रतिक्रिया दिनुहोस्