Logo
५ आश्विन २०८१, शनिबार
(June 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दैनिक १० हजारको कोरोना परिक्षण गरिदै

दैनिक १० हजारको कोरोना परिक्षण गर्ने सरकारले तयारी गरेको छ । कोभिड–१९ को परीक्षण नपुगेको भन्दै सरकारको तीब्र आलोचना भइरहेका बेला सरकारले प्रत्येक दिन १० हजारको परीक्षण गर्ने गरी गृहकार्य थालेको हो ।

हाल प्रत्येक दिन कम्तिमा पनि ६÷७ हजारको पीसीआर विधिबाट कोरोना भाइरस संक्रमणको परीक्षण भइरहेको अवस्थामा छिट्टै नै त्यसलाई बढाएर १० हजार पु¥याउने गरी सरकारले तयारी गरिरहेको उपप्रधानमन्त्री ईश्वर पोखरेलले बताएका छन ।

बुधबार सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री पोखरेलले कोभिड–१९ व्यवस्थापन सञ्चालन केन्द्र सीसीएमसीका संयोजकको संलग्नता र समन्वयमा यो समग्र काम हुने बताए ।

उनले आगामी भदौ÷असोजसम्म कोभिड–१९ बाट संक्रमितहरुको संख्या उकालो लाग्ने अनुमान सरकारले गरेको सुनाए । अब सामाजिक दूरी कायम गरेर, सरसफाईमा ध्यान दिएर दैनिक क्रियाकलाप गर्नुको विकल्प नभएको पनि उनको भनाइ छ ।

प्रकाशित मिति: Jun 17, 2020

प्रतिक्रिया दिनुहोस्