Logo
२४ कार्तिक २०८१, शनिबार
(June 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय ४७ पुगे, नयाँ २१ जना थपिए

गण्डकी प्रदेशमा २१ जना कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नवलपरासीको बर्दघाट सुस्तापूर्व र पर्वतका गरी २१ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

नयाँ थपिएकामा नवलपरासी बर्दघाट सुस्तापूर्वका १८ जना र पर्वतका ३ जना रहेका छन् । योसँगै गण्डकीमा सङ्क्रमितको संख्या २ सय ४७ पुगेको छ ।

उनीहरु सबैलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता बिनोदबिन्दु शर्माले जानकारी दिए ।

प्रकाशित मिति: Jun 17, 2020

प्रतिक्रिया दिनुहोस्