Logo
१० मंसिर २०८१, सोमबार
(June 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्णाली प्रदेश अस्पतालबाट थप ३१ जना कोरोनामुक्त भई आज डिस्चार्ज हुँदै

कर्णाली प्रदेश अस्पतालबाट थप ३१ जना कोरोना संक्रमित कोरोनामुक्त भएर आज बिहीबार घर फर्किने भएका छन् ।

कर्णाली प्रदेश अस्पतालको, कोभिड-१९ उपचार केन्द्रमा उपचार गराइरहेका ३१ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरू डिस्चार्ज हुन लागेका हुन् ।

कर्णाली प्रदेश अस्पतालको, कोभिड-१९ विशेष अस्पतालका इञ्चार्ज डा. नवराज केसीका अनुसार ११ महिला र २० पुरुष रहेका छन ।

रिपोर्ट नेगेटिभ आएकाहरुलाई अस्पतालले बिहीबार साँझ घर पठाउने तयारी गरेको डा. केसीको भनाइ छ ।

डिस्चार्ज हुनेहरुमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका १४ जना, चौकुने गाउँपलिकाका ४ जना, बराहाताल गाउँपालिकाका ४ जना, गुर्भाकोट नगरपालिकाका एकजना, सिम्ता गाउँपालिकाका दुईजना र स्थानीय तहको नाम नखुलेका दुईजना रहेका छन् ।

यस्तै, दैलेखका एकजना, सल्यानका दुईजना र बझाङका एकजना रहेका छन । प्रदेश अस्पतालबाट यसअघि सातजना संक्रमित निको भएर डिस्चार्ज भैसकेका छन् ।

प्रकाशित मिति: Jun 11, 2020

प्रतिक्रिया दिनुहोस्