Logo
२९ कार्तिक २०८१, बिहीबार
(June 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ नक्सा सहितको संविधान संशोधन प्रस्ताव सर्वसम्मतले स्वीकृत

प्रतिनिधिसभामा प्रस्तूत गरिएको नयाँ नक्सा सहितको संविधान संशोधन प्रस्ताव सर्वसम्मतले स्वीकृत भएको छ । उक्त प्रस्तावबारे निकै लामो समयसम्म छलफल चलेको थियो ।

छलफलमा बोल्ने सबै सबै सांसदहरले उक्त प्रस्तावको सर्मथन गरेका थिए । प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

त्यसपछि छलफल चलेको थियो । छलफल चलेपछि केहिबेर अघि उक्त प्रस्तावलाई निर्णायर्थ प्रस्तूत गरिएको थियो । उक्त प्रस्तावको पक्षमा सबैले मत जाहेर गरेपछि सभामुख अग्नी सापकोटाले उक्त प्रस्ताव स्वीकृत भएको घोषणा गरेका छन् ।

योसंगै संविधान संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर जारी गरिएको नक्साअनुसार संविधानको अनुसुची ३ मा रहेको निशान छाप संशोधन गर्न लागिएको छ ।

उक्त विधेयकमा समर्थन जनाउँदै सबै दलका सांसदले अब भूमि फिर्ता ल्याउनका लागि कूटनीतिक पहल गर्न पनि सरकारलाई आग्रह गरेका छन् ।

कानुनमन्त्री तुम्बाहाम्फेले मंगलबार प्रस्तुत गरिएको संविधान संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव संघीय संसदको प्रतिनिधिसभाले सर्वसम्मत रुपमा पारित गरेको हो ।

विधेयकमाथिको छलफलपछि सभामुख सापकोटाले उक्त विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए । प्रस्तावको विपक्षमा हुन्न भन्ने आवाज नसुनिएकाले सभामुख सापकोटाले उक्त प्रस्ताव सर्वसम्मत स्वीकृत भएको घोषणा गरेका थिए ।

उक्त प्रस्ताव निर्णायथ पेस गर्नुअघि संसमा प्रतिनिधित्व गर्ने सबै दलले समर्थन जनाएका थिए । विधेयकमाथिको सैद्धान्तिक छलफल चार घण्टा चलेको थियो ।

प्रकाशित मिति: Jun 9, 2020

प्रतिक्रिया दिनुहोस्