रुपन्देहीको पशु फार्ममा हत्या गरिएका पाँचै जनाको परिचय खुल्यो
प्रदेश नं ५ स्थित रुपन्देहीमा पशु फार्ममा हत्या गरिएका पाँचै जनाको परिचय खुलेको छ ।
हत्या भएकाहरुमा जानकी मुसहर, माधव मुसहर, पोषराज मुसहर, करुण चौधरी र आशिष चौधरी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
माधव र जानकी श्रीमान श्रीमती रहेको पनि जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिए ।
तिलोत्तमा नगरपालिका वडा नम्बर १० कान्छीबजारको मैनहवामा एक महिला र ४ पुरुष गरी पाँच जनाको सामुहिक हत्या भएको हो ।
मैनहवामा स्थानीय कृष्ण पुनले सञ्चालन गरेको गंगादेवी पशु फार्ममा काम गर्ने ६ जना मध्ये ५ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
प्रहरीले सुर्खेतका झपेन्द्र सिंजालीलाई पक्राउ गरेको छ । घटनास्थलमा कोदालो भेटिएकाले हत्यामा कोदालो प्रयोग भएको हुनसक्ने आशंका गरिएको खत्रीले बताए ।
फार्ममा ६ जना कामदार थिए । पक्राउ परेका सिंजाली पनि फार्मका कामदार हुन् ।