अनिल र राजकिशोरबारे मलाई थाह भएन, जसपाको संघिय अध्यक्ष बाबुराम नै हो : महतो
नवगठित जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले संघिय परिषद्को अध्यक्ष डा बाबुराम भट्टराई नै हुने स्पष्ट पारेका छन् ।
निर्वाचन आयोगमा पार्टी दर्ता गराउदाँ हिजो उनको नाम चौथो नम्मरमा रहेकाले उनको भूमिका माथी प्रश्न उठिरहेका बेला संघिय परिषद्को अध्यक्ष उनी नै हुने महतोले स्पष्ट परेका हुन् ।
महतोले डा भट्टराईलाई संघिय परिषद्को अध्यक्ष बनाउने सहमती यसअघि नै भएको र त्यो कायमै रहेको जानकारी दिए।नेपाली रेडियो नेटवर्कमा बोल्दै उनले पार्टी दर्ताका लागि सजिलो बनाउन डा भट्टराई चौथो नंम्मरमा बस्न तयार भएको बताए ।
महतोले भने, “उहाँकै उदारतामा उहाँलाई चौथो नम्मरमा राखिएको हो, त्यसको लागि उहाँलाई धन्यवाद दिनु पर्दछ । ठूलो मिसन बोकेको र प्रधानमन्त्री भइसकेको व्यक्तिलाई अन्य पद गौण हुन्छ, त्यसैले उहाँले उदारता देखाउनु भएको हो । ”
बरिष्ठता, सन्तुलन र पार्टीको समान हैसियतका आधारमा महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष बनाइएको र समावेशिताका लागि अशोक राईलाई तेस्रो बरियतासहित बरिष्ठ नेता बनाएको महतोले बताए।
सवै जाति र क्षेत्रका जनताको पाटी हो भन्ने सन्देश दिन पनि राईलाई बरिष्ठ नेता बनाइएको महतोको भनाई छ । उनले पार्टीको आगामी बैठकले भट्टराईलाई संघिय परिषद् अध्यक्ष र आफुलाई संसदीय दलको नेतामा नियुक्त गर्ने सहमती भएको पनि दाबी गरेका छन्।
तत्कालिन राजपाका नेताद्धय राजकिशोर यादव र अनिल झा एकिकरणका कुनैपनि गतिविधिमा संलग्न नभएको विषयमा आफुलाई थाहा नभएको महतोको जवाफ थियो ।
नेता महतोले साना अन्य पार्टीहरुसँग पनि एकिकरणका लागि कुराकानी भइरहेको र जति सक्दो धेरै पार्टीहरु एकिकरण गरेर देशको बैकल्पीक शक्ति बनाउने अठोट व्यक्त गरे ।