Logo
४ आश्विन २०८१, शुक्रबार
(June 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ का राज्यमन्त्रीका सहयोगीसहित ५ मर्यादापालकमा कोरोना संक्रमण

प्रदेश २ को प्रदेशसभामा कार्यरत ५ जना मर्यादा पालकमा समेत कोरोना संक्रमित भएको छ । प्रदेशसभा सचिवालयका ५ जना मर्यादा पालक र १ जना आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवका सहयोगी गरी ६ जनामा कोरोना पुष्टि भएको हो ।

१६ जेठमा सचिवालयका ३ सय ४४ जनामा कोरोना परीक्षण गरिएको थियो, जसको रिपोर्ट आज बिहीबार आएको हो । उनीहरूमा कोरोना पुष्टि भएसँगै प्रदेश २ को प्रदेशसभा बैठक स्थगित गरिएको छ ।

प्रदेश २ को समाजिक विकास मन्त्रालयका अनुसार प्रदेशसभा सचिवालयमा संकलन गरिएको स्वाबमा ५ जनामा पोजिटिभ आएको छ । कोरोना पोजिटिभ देखिएका ५ जना नै पुरुष हुन् । उनीहरू प्रदेशसभामा कार्यरत मर्यादा पालक रहेको प्रदेशसभा सचिवालयका निमित्त सचिव रन्जित यादवले जानकारी दिए ।

प्रदेशसभाको बुधबारको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले आगामी वर्षको बजेटको प्रारुप प्रस्तुत गरेका थिए । त्यसैमा छलफलका लागि बिहीबार ३ बजे बैठक बोलाइएको थियो । राष्ट्रिय प्रयोगशाला टेकुको रिपोर्टमा ५ जना मर्यादापालकमा कोरोना भाइरस पुष्टि भएपछि संसद्को बैठक स्थगित गरिएको हो ।

प्रकाशित मिति: Jun 4, 2020

प्रतिक्रिया दिनुहोस्