Logo
४ आश्विन २०८१, शुक्रबार
(June 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रियसभा अध्यक्षले चैतसम्मको बैठक र भ्रमण भत्ता नलिने

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चैत मसान्तसम्म बैठक र भ्रमण भत्ता नलिने घोषणा गरेका छन् ।

उनले २०७७ जेठ २२ गतेदेखि चैत मसान्तसम्म राष्ट्रियसभाको बैठकभत्ता र विभिन्न कामको सिलसिलामा मुलुकभित्र भ्रमण गर्दा पाइने भ्रमण भत्ता नलिने घोषणा गरेका हुन् ।

बिहीबार संघीय संसद सचिवालयको आर्थिक प्रशासन शाखालाई पत्र लेखी अध्यक्ष तिमिल्सिनाले आफूले भत्ता नलिने जानकारी गराउँदै भत्तावापतको रकम सरकारी राजस्व खातामा जम्मा गरिदिन आग्रह गरेका छन् ।

मुलुक कोरोना भाइरस संक्रमणको महामारीविरुद्ध लडिरहेका बेला सार्वजनिक खर्चमा मितव्ययीता ल्याउन यो निर्णय गरेको तिमिल्सिनाले जनाएका छन् ।

प्रकाशित मिति: Jun 4, 2020

प्रतिक्रिया दिनुहोस्