Logo
४ आश्विन २०८१, शुक्रबार
(June 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंमा लकडाउनको उल्लंघन बढ्यो : ७१ औं दिनमा सडकमा जाम, आंशिक रुपमा पसल खुले

सरकारले कोरोना भाइरस (कोभिड-१९) संक्रमण नियन्त्रणका लागि लकडाउन सुरु गरेको बुधबार ७१ औं दिन भएको छ। २०६७ चैत ११ गतेदेखि सुरु भएको लकडाउन जेठ ३२ गतेसम्म लम्बाएको छ। लामो समय लकडाउनमा घरभित्र धुनिएका उपत्यकाबासीले विस्तारै लकडाउन उलंघन गर्न थालेका छन्।

बुधबार राजधानीको व्यस्त मानिएको न्युरोड, असन, इन्द्रचोकका भित्री पसल खुलेका देखिए। सँगै लकडाउन भनिए पनि विभिन्न क्षेत्रमा लकडाउन उलंघन गर्ने सवारी साधनको चाप नै देखिन्छ। ट्राफिक प्रहरीले चेकजाँचका क्रममा लकडाउन उलंघन गर्ने सयौं दुई पाङ्ग्रे र चार पाङ्गे सवारीलाई कारबाही गर्दै आएको छ।

बुधबार न्युरोज क्षेत्रमा अत्यावश्यक बाहेकका पसलसमेत खुलेका देखिए। न्युरोड र अशन क्षेत्रका भित्री गल्लीमा समेत बाक्लो चहलपहल सुरु भएको छ। लकडाउनमा उक्त क्षेत्रमा भिडभाड भएपछि ट्राफिक प्रहरीले चेकजाँच भने बढाएको देखियो। न्युरोड प्रवेश गर्ने सवारी साधनको चेकजाँचमा कडाईं गरेपछि उक्त क्षेत्रमा जाम नै भएको थियो। ट्राफिक प्रहरीले लकडाउन उलंघन गर्नेलाई होल्ड गरेर राखेको छ।

बुधबार दिउँसो ३ बजेसम्म लकडाउन उलंघन गर्ने १३ सय ५ सवारी साधन कारबाहीमा परेका छन्। ११ सय ७३ दुई पाङ्ग्रे र एक सय ३२ चार पाङग्रे सवारी साधनलाई नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

प्रकाशित मिति: Jun 3, 2020

प्रतिक्रिया दिनुहोस्