Logo
४ आश्विन २०८१, शुक्रबार
(June 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्व बैंकद्वारा नेपाललाई कोरोनाविरुद्ध लड्न १२ अर्ब ऋण सहयोग

विश्व बैंकले कोरोना महामारी (कोभिड–१९) को संकटबाट बाहिरिन नेपाललाई करीब रू. १२ अर्ब (१० करोड अमेरिकी डलर) को विकास नीति ऋण (डीपीसी) स्वीकृत गरेको छ ।

विश्व बैंकले नेपालको वित्तीय समक्षमता बढाउन तथा सुशासन सुधार गर्न उक्त रकम स्वीकृत गरेको हो ।

नेपाल सरकारको विद्युत् क्षेत्रको आर्थिक सम्भाव्यताबाट लाभ उठाउनका लागि नीति, नियामक र संस्थागत सुधारका लागि तीन सिरिजमा सहयोग प्रदान गरिने बैंकले बताएको छ ।

बैंकको कार्यकारी निर्देशकहरूको बोर्डले मंगलवार यो नयाँ ऋण सहयोग स्वीकृत गरेको हो ।

विद्युत् प्राधिकरणको आर्थिक सम्भाव्यतामा सुधार गर्ने, स्वायत्त, पारदर्शीता र जवाफदेही नियामक संचरना स्थापना गर्ने, जलविद्युत् स्रोत अधिकतम उपयोग सुनिश्चित गर्न क्षेत्रीय बिजुली बजारमा सामेल हुने र संघीय संरचनाअन्तर्गत प्राधिकरणको पुनर्संरचना गरी प्रान्तिय तथा स्थानीय तहलाई सशक्तिकरण गरिने बैकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘संकटकालीन समयमा र संकटपछि पुनर्बहालीका लागि नेपालमा विद्युत् क्षेत्रलाई सबल पार्नका लागि निरन्तर सुधार गरिनु महत्त्वपूर्ण छ’, नेपालका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जर्भोसले विज्ञप्तिमा भनेका छन्, ‘यसले लगानी प्राथमिकताहरूलाई पुन : प्राथमिकीकरण गर्न मद्दत पुर्‍याउँछ र देशभित्र गरिबी न्यूनीकरण र साझा समृद्धिलाई सहयोग पुरयाउने गरी भरपर्दो, किफायती र दिगो विद्युत् क्षेत्रको विकास गर्ने सरकारको प्रतिबद्धतालाई समर्थन गर्दछ जसले मुलुकमा गरीबी न्यूनीकरण र साझा समृद्धिलाई सहयोग गर्दछ ।’

प्रकाशित मिति: Jun 3, 2020

प्रतिक्रिया दिनुहोस्