Logo
१२ मंसिर २०८१, बुधबार
(January 9, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दसौँ ‘मिस तामाङ’ मा छानिए ३८ जना, सहभागीहरुको नामसहित

काठमाडौं । तामाङ कला, संस्कृति एवं भाषालाई उजागार गर्ने उद्देश्यले आयोजना हुन लागेको दसौँ मिस तामाङको पहिलो छनोट प्रक्रिया सम्पन्न भएको छ ।

काठमाडौंको लाजिम्पाटस्थित एम्बेसी रेस्टुरेन्टमा आयोजना भएको छनोट प्रक्रियामा ३८ जनाको सहभागिता रहेको थियो । प्रतियोगिताका लागि ४१ जनाले फराम भरेको आयोजकका अध्यक्ष रञ्जिता ब्लोनले बताइन् ।

एभरेस्ट फेसन होमका अध्यक्ष ब्लोनको अध्यक्षतामा सम्पन्न सो छनोट प्रक्रियामा निर्णायकहरु संगीतकार मिलन मोक्तान, गायक संजोक योञ्जन, गायिका सुनिता दुलाल, २०१२ को मिस तामाङ विजेता सुमी मोक्तान, २०१२ कै फस्ट रनरअप विनिता तामाङ, म्हेन्दो माया गायक रोशन फ्युबा तामाङ र समाजसेवी तथा व्यवसायी शम्भु मोक्तान रहेका थिए ।

सहभागीहरु क्रमशः देबु लामा सिन्धुपाल्चोक, कोपिला घलान हेटौँडा, विनिता तामाङ काठमाडौं, पिंकी तामाङ घिसिङ काठमाडौं, रोजिना लामा सिन्धुपाल्चोक, रीता लामा थिङ धादिङ, मनीषा तामाङ रामेछाप, अस्मिता लामा काठमाडौं, श्रीयम तामाङ काठमाडौं, ललिता तामाङ काठमाडौं, चन्दा तामाङ सिन्धुपाल्चोक, पुनम तामाङ चितवन, मनीषा ब्लोन मकवानपुर, रितु गोले तामाङ रामेछाप, दक्षिणा लामा जनकपुर, जयमाया तामाङ काभ्रे, स्मारिका तामाङ काभ्रे, अस्ना लामा झापा, सरला तामाङ धरान र मैना लामा नुवाकोटका छन् ।

त्यसैगरी रुपमाया लामा काभ्रे, मञ्जु तामाङ काभ्रे, कुमारी तामाङ काठमाडौ, अन्जना तामाङ लमजुङ, दिक्षकिरण लोप्चन काठमाडौं, विपना घिसिङ रामेछाप, गंगा पाख्रिन तामाङ धादिङ, फूलमाया मोक्तान काठमाडौं, अस्मिता बल रंगपुर, आस्मा लामा ललितपुर, साङ्मो बोम्जन सिन्धुली, सरिता लामा ललितपुर, सितल लामा काठमाडौं, पूजा घिसिङ, करुण बल काठमाडौं, दीक्षा मोक्तान ललितपुर, उर्मिला तामाङ काठमाडौं, मिना तामाङ काठमाडौ, मिङ्क्ष तामाङ बौद्ध, सञ्जु तामाङ बौद्ध, सन्दीपा तामाङ रहेका छन् । पहिलो छनोटको नतिजा आएलगत्तै तालिम सुरु हुने अध्यक्ष ब्लोनले जनाएकी छन् ।

यो सुन्दरी प्रतियोगिता दसौँ संस्कारण २०१७ को ज्या ल्हो सोनाम ल्होछारको उपलक्ष्यमा हुन लागेको हो । प्रतियोगिताको अन्तिम चरण आगामी माघको २२ गते काठमाडौंमा हुँदै छ ।

मिस तामाङ प्रतियोगिता एभरेष्ट फेसन होम र साधना कला केन्द्रले पालैपालो आयोजना गर्दै आएका छन् । २००६ देखि आयोजना हुँदै आएको प्रतियोगिता यो बर्ष एभरेस्ट फेसन होमको आयोजनामा हुँदै छ ।

प्रकाशित मिति: Jan 9, 2017

प्रतिक्रिया दिनुहोस्